Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

नारायणगढ–बुटवल सडक ढिलाइप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराउनुभएको छ। स्थलगत अनुगमनका क्रममा उहाँले निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो।

अनुगमनका बेला गृहमन्त्री गुरुङले सडक निर्माणमा भएको ढिलासुस्तीका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको तथा दुर्घटनाको जोखिम बढेको उल्लेख गर्नुभयो। उहाँले यस्तो अवस्था तत्काल अन्त्य गर्न ठेकेदार कम्पनीलाई जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिनुभयो।

उहाँले सम्बन्धित निकाय र निर्माण कम्पनीलाई तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्न स्पष्ट निर्देशन दिँदै ढिलाइ अब सह्य नहुने चेतावनी दिनुभयो। नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै कुनै पनि प्रकारको लापरबाही नगर्न पनि उहाँले सचेत गराउनुभयो।

यसैबीच, ठेक्का कम्पनीका प्रतिनिधिहरूले आगामी १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयसीमाभित्रै काम सक्ने आश्वासन दिएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्