Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

महुवन कुटपिट घटनामा राष्ट्रिय दलित आयोगको चासो, दोषीमाथि कडा कारबाहीको माग

पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा दलित समुदायमाथि भएको कुटपिट घटनाप्रति राष्ट्रिय दलित आयोगले गम्भीर चासो व्यक्त गरेको छ।

फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा केही गैरदलित व्यक्तिहरूको समूहले दलित परिवारमाथि गरेको आक्रमणको घटनाबारे सत्यतथ्य बुझ्न आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा आइतबार एक टोली घटनास्थल पुगेको हो। टोलीले पीडित परिवारसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी संकलन गरेको जनाएको छ।

घटनामा स्थानीय मालती देवी राम र उनका सात वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका छन्। आक्रमणबाट बालक बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवी रामको टाउकोमा गम्भीर चोट लागेका कारण तीन वटा टाँका लगाउनुपरेको बताइएको छ।

अनुगमनका क्रममा आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा गरिने कुटपिट र विभेद कानुनी अपराध भएको स्पष्ट पार्दै यस्ता अमानवीय गतिविधि सहन नसकिने बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन र दोषीमाथि कडा कानुनी कारबाही गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

टोलीले सखुवाप्रसौनी गाउँपालिका–५ का वडाध्यक्ष असेश्वर प्रसाद यादवसँग पनि छलफल गरी स्थानीय अवस्थाबारे जानकारी लिएको थियो।

उक्त भेटघाटमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवा मानदेव हजरा, सुरेन्द्र पासवान लगायतको सहभागिता रहेको थियो। आयोगले स्थानीय प्रशासनलाई शान्ति सुरक्षा कायम गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत ध्यानाकर्षण गराएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्