Wednesday, September 02, 2026
बुधबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २०७ पालिका इच्छुक, हस्तान्तरण प्रक्रिया सुरु

 स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारी योजनामा २०७ वटा पालिकाले चासो देखाएका छन् ।

Ministry of Land Management, Cooperatives and Poverty Alleviation ले एक साताअघि नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै सञ्चालन गर्न इच्छुक पालिकाहरूलाई आवेदन दिन आह्वान गरेको थियो । सोही अनुसार बिहीबारसम्म २०७ वटा पालिकाले सेवा सञ्चालन गर्न इच्छुक रहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन् ।

इच्छुक पालिकामध्ये Dharan Sub-Metropolitan City, Ghorahi Sub-Metropolitan City, Bharatpur Metropolitan City, Pokhara Metropolitan City र Dhangadhi Sub-Metropolitan City प्रमुख रूपमा रहेका छन् ।

त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका लगायतका स्थानीय तहहरूले पनि सेवा लिन तयार रहेको जानकारी दिएका छन् ।

मन्त्रालयले प्राप्त निवेदनहरूको अध्ययन सुरु गरेको छ । पहिलो चरणमा केही पालिकालाई छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवा हस्तान्तरण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

पालिका छनोट गर्दा सेवाग्राहीको चाप, भौगोलिक पहुँच र व्यवस्थापन क्षमता मुख्य आधार हुने बताइएको छ । कम भिडभाड भएका साथै बढी सेवा चाप भएका दुवै प्रकारका पालिकालाई प्राथमिकतामा राखिने जनाइएको छ ।

मन्त्रालयका अनुसार सम्बन्धित जिल्लाका नापी तथा मालपोत कार्यालयका अधिकारीहरूलाई तत्काल स्थलगत अनुगमनका लागि खटाइएको छ । साथै, सेवा प्रवाहका लागि आवश्यक प्राविधिक जनशक्ति र पूर्वाधार तयारी पनि अघि बढाइएको छ ।

मन्त्रालयले कर्मचारीहरूलाई आवश्यक तालिम र अभिमुखीकरण दिने तयारी गरेको छ । एक साताभित्रै सबै तयारी पूरा गरेर केही पालिकामा सेवा हस्तान्तरण सुरु गर्ने लक्ष्य रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्