Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सफल्ताको एक बर्ष : सिमरामा केटिएम कन्सल्टिङ ग्रुपको उत्साहपूर्ण कार्यक्रम, उपहार बाडेर मनायो खुशीयाली

बाराको सिमरामा सञ्चालनमा रहेको केटिएम कन्सल्टिङ ग्रुपले स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। एक वर्ष पूरा भएको उपलक्ष्यमा सिमरामा आज औपचारिक कार्यक्रम सम्पन्न गरिएको हो।

सिमरास्थित श्रेष्ठ रेसिडेन्सी होटलमा आयोजित कार्यक्रमको उद्घाटन एन–प्याब्सनका केन्द्रीय सदस्य राम प्रसाद अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा प्याब्सन बारा अध्यक्ष राजु कार्की, सिमरा कलेजका सह–प्राध्यापक शालिकराम अधिकारी, होटल तथा पर्यटन व्यवसायी संघ बारा अध्यक्ष शम्भु खड्गी, जेसिज सिमरा अध्यक्ष सुमित अधिकारी तथा युवा समाजसेवी सुजन कडेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले छोटो समयमा केटिएम कन्सल्टिङ ग्रुपले शैक्षिक तथा सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्दै शुभकामना पनि दिएका थिए।

केटिएम कन्सल्टिङ ग्रुप सिमरा शाखाका प्रमुख रितेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ASK Globalका म्यानेजर परिवेश पौडेलले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बोल्दै शाखा प्रमुख शर्मा ले छोटो समयमा संस्थाले युवामाझ विश्वास र लोकप्रियता हासिल गर्न सफल भएको बताउनुभयो। सो अवसरमा उहाँले शाखाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी योजनाबारे पनि जानकारी गराउनुभयो।

कार्यक्रमका क्रममा केटिएम कन्सल्टिङ ग्रुपले विभिन्न विधामा सहभागीहरूलाई उपहार प्रदान गरेको थियो। कार्यक्रममा करिब ५० भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा केटिएम कन्सल्टिङ ग्रुप सिमरा शाखाका निशान शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्