Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार बिहान भक्तपुरको गुण्डुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउसँगै उनलाई जरुरी पक्राउ पुर्जीसमेत थमाइएको छ।

शुक्रबार नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा ओलीलाई पक्राउ गरिएको हो।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनमा तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ओलीलाई कारबाही गर्नुपर्ने उल्लेख गरिएको थियो।

भदौ २३ र २४ गते काठमाडौँको बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको छ। उक्त घटनामा ७६ जनाको मृत्यु भएको जनाइएको छ। ( news from rato pati Online )

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्