Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

किताबखाना पूर्ण डिजिटल: निजामती कर्मचारीको विवरण अब अनलाइनमै

काठमाडौँ । निजामती कर्मचारीहरूले अब आफ्ना व्यक्तिगत तथा सेवा सम्बन्धी विवरण अनलाइनमार्फत सहजै हेर्न र अद्यावधिक गर्न सक्ने भएका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती) ले बुधवारदेखि आफ्ना सबै सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याएको हो। यससँगै कर्मचारीहरूले अब सेवा लिनका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट हटेको छ।

किताबखानाका अनुसार अब सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक लगायतका सेवा अनलाइनमार्फत आफ्नै स्थानबाट लिन सकिनेछ। यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

डिजिटल सेवा सुरु भएसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले किताबखानाको अनुगमन गरेकी थिइन्। अनुगमनपछि उनले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी, सहज र गुनासोरहित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

सरकारले डिजिटल प्रणालीमार्फत सार्वजनिक सेवा सुधार गर्ने अभियानलाई तीव्र बनाउँदै लगेको सन्दर्भमा यो कदमलाई महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्