कान्ति लोकपथअन्तर्गत बकैया गाउँपालिका–११ स्थित घट्टेपाखामा बुधबार बिहान भएको ट्रक दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ३३ वर्षीय ट्रक चालक कृष्ण गम्भीर घाइते भएका छन्।
घाइते चालकलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको मालवाहक ट्रक बिहान करिब ३ बजे दुर्घटनामा परेको हो।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्