Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

१८ माघ, काठमाडौं।
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालले आज जारी गरेको विज्ञप्तिअनुसार सिटौलाको आज दिउँसो १२:४५ बजे निधन भएको हो।

अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला सिटौला एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
“गम्भीर इन्टेन्सिभ केयरमा राखेर उपचार गर्दा पनि ४८ घण्टासम्म बिरामीको न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखिएन। मस्तिष्कको कार्यक्षमता पुनः प्राप्त हुने कुनै संकेत नदेखिएपछि चिकित्सकीय प्रोटोकलअनुसार एप्निया परीक्षण गरिएको थियो, जुन पोजेटिभ आयो। यसले स्वतः श्वासप्रश्वास नभएको पुष्टि गर्छ। त्यसैअनुसार आज दिउँसो १२:४५ बजे उहाँको निधन भएको जानकारी गराइन्छ।”

अस्पतालका अनुसार सिटौलालाई ‘सब–अरैक्नोइड हेमरेज’ भएको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्