बिरगंज, २० माघ
वीरगञ्जमा असम्भव ठानिएका कामहरू छोटो समयमा सम्भव बनाउँदै उदाहरणीय नेतृत्व प्रस्तुत गरेको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान सम्मानित हुनुभएको छ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सरसफाइ, हरियाली प्रवर्द्धन र मैत्री पुल क्षेत्रको सीमा सौन्दर्यकरण अभियानमा संयोजकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर, पर्साले खेतानलाई सम्मान गरेको हो। उक्त अभियानमा वीरगञ्ज महानगरपालिकाको पनि सक्रिय सहकार्य रहेको थियो।
वातावरणमैत्री शहर निर्माणमा खेतानको योगदानको कदर गर्दै तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले प्रशंसा–पत्रमा हस्ताक्षर गर्नुभएको थियो। तर, सो समयमा खेतान मुलुक बाहिर रहेका कारण सम्मान तत्काल हस्तान्तरण हुन सकेको थिएन।
हालै पर्साका नवनियुक्त सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले खेतानलाई दोसल्ला ओढाई प्रशंसा–पत्र प्रदान गर्दै औपचारिक रूपमा सम्मान गर्नुभएको हो। कार्यक्रममा उपरीक्षक क्षेत्रीले खेतानको नेतृत्व क्षमता र समाजसेवाप्रतिको सक्रियताको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि वातावरण संरक्षण र सामाजिक सेवामा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गर्नुभयो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्