Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कानून मन्त्री गौतम र जापानी राजदूतबीच भेट, कानूनी सुधार र एआई नियमनमा सहकार्य बढाउने सहमति

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत MAEDA Toru ले शिष्टाचार भेटघाट गर्नुभएको छ।

भेटका क्रममा राजदूत माएदाले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

उक्त अवसरमा दुवै पक्षबीच कानून सुधारका क्षेत्रमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको छ। साथै सूचना प्रविधि र Artificial Intelligence (एआई) जस्ता उदीयमान क्षेत्रमा विश्व राजनीतिमा देखिएको तीव्र परिवर्तनलाई ध्यानमा राख्दै प्रभावकारी नियमनका लागि उपयुक्त कानूनी व्यवस्था आवश्यक रहेकोमा जोड दिइएको थियो।

दुवै पक्षले आगामी दिनमा सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने सहमति व्यक्त गरेका छन्। मन्त्री गौतमले जापान सरकारलाई आवश्यक पर्ने विषयमा नेपाल सधैं छलफलका लागि खुला रहेको सन्देशसमेत दिनुभएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्