Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

काठमाडौंमा जनमत पार्टीको प्रदर्शन: प्रदेशलाई पूर्ण स्वायत्त घोषणा गर्न माग

प्रदेशलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने मागसहित जनमत पार्टीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

पार्टीका अध्यक्ष सीके राउत सहित शीर्ष नेताहरूको उपस्थितिमा सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा प्रदेशलाई पूर्ण स्वायत्त बनाउने, कर्मचारी र स्थानीय तहलाई प्रदेश मातहत राख्नुपर्ने लगायतका माग उठाइएको थियो।

जनमत पार्टीले यसअघि भएको ८ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने पनि माग गरेको छ। सो सम्झौताअनुसार प्रदेशलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने, कर्मचारी र स्थानीय तह प्रदेश मातहत कायम गर्नुपर्ने विषय समावेश छन्।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासन पनि प्रदेश मातहत राखिनुपर्ने, नेपाली सेनामा मधेशी–थारुको समानुपातिक तथा सामूहिक भर्ना गरिनुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग समेत पार्टीले अघि सारेको छ।

प्रदर्शनमा सहभागीहरूले वैदेशिक रोजगारीका समस्या समाधान गर्नुपर्ने, किसानलाई समयमै मलखाद र सहज ऋण उपलब्ध गराउनुपर्ने तथा चुरे क्षेत्रको दोहन र अतिक्रमण रोक्नुपर्ने मागसमेत गरेका थिए।

यसैगरी, मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, सुकुमवासी र अन्य अल्पसंख्यक समुदायमाथि हुने भनिएको दमन, शोषण र विभेद अन्त्य गर्नुपर्ने भन्दै प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्