Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जनकपुर बोल्ट्सको साथमा जीतपुरसिमरा क्रिकेट कप, अन्तर्राष्ट्रिय रंगशाला निर्माणको प्रस्ताव

सिमरामा आयोजना हुन लागेको जीतपुरसिमरा क्रिकेट कपलाई नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले साथ दिएको छ। जीतपुरसिमरा स्पोर्ट्स क्लबले चैत २१ गतेदेखि सञ्चालन गर्न लागेको प्रतियोगितामा जनकपुर बोल्ट्स औपचारिक रूपमा जोडिएको हो।

मंगलबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देलका पिता महेश सिग्देलले आयोजक क्लब तथा खेलाडीहरूलाई जर्सी हस्तान्तरण गरे। सो अवसरमा उनले नेपालमा क्रिकेटको बढ्दो विकासले राष्ट्रिय एकता र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले स्थानीय सरकारले उपयुक्त जग्गा उपलब्ध गराएमा जनकपुर बोल्ट्स र यसको लगानीकर्ता समूह ‘ड्रिम स्पोर्ट्स’ले सिमरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न तयार रहेको घोषणा समेत गरे। साथै, आगामी दिनमा प्रतियोगितालाई अझ भव्य र प्रभावकारी बनाउन निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देल हाल ‘इयू टी–२० लिग’का लागि बेल्जियममा रहेका छन्। जनकपुर बोल्ट्सको लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सले बेल्जियमको जेबि ब्रुज क्लबमा समेत लगानी गरेको छ, जसमार्फत नेपालका आठ खेलाडीले युरोपियन लिगमा खेल्ने अवसर पाएका छन्।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले जनकपुर बोल्ट्सको सहयोगको प्रशंसा गर्दै रंगशालाका लागि आवश्यक जग्गा र पूर्वाधारबारे नगरस्तरमा छलफल अघि बढाइने जानकारी दिए। साथै, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले प्रतियोगिताको सफलताका लागि ऐक्यवद्धता जनाएका थिए।

प्रतियोगितामा आयोजक टोलीसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोलीहरूको सहभागिता रहनेछ। विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशि वृद्धि गरिएको हो।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृष्ट बलर र ब्याटरले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य सहयोगीका रूपमा समर्थन गर्नेछ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्