Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

इनिशा विक हत्या प्रकरण: पीडित परिवारद्वारा गृहमन्त्रीसँग भेट, दोषीलाई कारबाहीको माग

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको शीघ्र छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न पीडित परिवारले सरकारसँग माग गरेको छ।

इनिशा विकका दाइहरू चन्द्रबहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्दै संलग्न दोषीलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका हुन्।

परिवारले महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनाहरू दोहोरिन नदिन सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सरोकारवाला सबैले गम्भीर ध्यान दिनुपर्ने पनि माग गरेको छ।

ज्ञापन–पत्र बुझ्दै गृहमन्त्री अर्यालले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे। उनले देशमा दण्डहीनताको अन्त्य गर्दै आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सरकार जिम्मेवारीका साथ लागिपरेको बताए।

गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ स्थित सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विक बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी थिइन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्