Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

हुम्ला–बाजुरा सीमा विवाद समाधान गर्न सांसदहरूको माग, कर्णाली राजमार्ग खुलाउन दबाब

७ जेठ, काठमाडौं । हुम्ला र बाजुरा जिल्लाबीच देखिएको सीमा विवाद तत्काल समाधान गर्न प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सीमा विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीय जनजीवन प्रभावित बनेको भन्दै उनीहरूले संवादमार्फत निकास खोज्न सरकारसँग माग गरेका हुन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसद जयपति रोकायाले दुई जिल्लाबीचको विवादले राष्ट्रिय राजमार्ग अवरुद्ध भएको र त्यसको प्रत्यक्ष असर बिरामी, विद्यार्थी तथा अत्यावश्यक काममा हिँड्नुपर्ने नागरिकमाथि परेको बताए ।

“हुम्ला र बाजुराको सीमा विवादका कारण कर्णाली राजमार्ग बन्द भएको छ । यसले बिरामी, परीक्षा दिन जाने विद्यार्थी र सर्वसाधारणलाई ठूलो समस्या भएको छ,” उनले भने, “सरकारले तत्काल वार्ता र संवादमार्फत समस्या समाधान गरी राजमार्ग खुलाउनुपर्छ ।”

सांसद केपी खनालले रानीसिंह क्षेत्रको सीमा विवादका क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको टोलीमाथि दुर्व्यवहार भएको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराए । उनले साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको दृष्टिले संवेदनशील क्षेत्र भएकाले वर्षौंदेखि अवैध तस्करी हुने गरेको बताए ।

त्यस क्षेत्रमा प्रहरी चौकी स्थापना गरेर अवैध गतिविधि नियन्त्रण गर्ने प्रयास भइरहेका बेला स्थानीय स्तरमा तनाव बढेको उनको भनाइ थियो । उनले स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्न, जडीबुटी तथा वन्यजन्तुको संरक्षण गर्न र घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे ।

यस्तै सांसद जनकराज गिरीले जेठ ४ गते हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापासहितका व्यक्तिमाथि भएको साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सीमा विवादलाई थप जटिल बन्न नदिन तत्काल समाधानको पहल गर्नुपर्ने बताए ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्