Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

हर्क साम्पाङको माग: सीमा सुरक्षामा नेपाली सेना तैनाथ गर्न सरकारको ध्यानाकर्षण

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद हर्कराज राई साम्पाङले देशको सीमा सुरक्षामा Nepali Army लाई तैनाथ गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले सेनालाई सीमा क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए। उनले अहिले सेनाको प्रयोग अन्य स्थानमा भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए।

‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ। नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमानामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ,’ उनले भने।

सांसद साम्पाङले देशको अस्तित्वका लागि भूगोल अनिवार्य हुने उल्लेख गर्दै सीमा सुरक्षालाई कमजोर बनाउन नहुने धारणा राखे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै शब्द सच्याउनुपर्ने टिप्पणी गरे।

‘देश रहनका लागि भूगोल चाहिन्छ। भूगोल बिनाको देश हुँदैन। प्रधानमन्त्रीज्यूको मुखबाट जे सुनिरहेका छौं, त्यसबाट हामी दुखी छौं, आक्रोशित छौं,’ उनले भने, ‘उहाँले आफ्नो वचन सच्याउनुपर्छ।’

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्