Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

हर्क साम्पाङले भने- ‘सरकारको नेतृत्व रविले गर्दा राम्रो’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी उन्मुख छन्। निर्वाचनमा आफ्नो बलियो पकड देखाएपछि साम्पाङले राष्ट्रिय राजनीति र भावी सरकारको नेतृत्वबारे आफ्नो धारणा पनि सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले जनाएका विचारअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारको नेतृत्वका लागि उपयुक्त हुने उनी बताउँछन्। साम्पाङले लेखेका छन्, “जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो हुन्छ।”

यस्तै, साम्पाङले रास्वपाका वरिष्ठ नेता र झापा–५ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य बालेन शाह प्रति कटाक्ष गर्दै सदनमा बोल्न सक्ने र जनताको प्रश्नको विस्तृत उत्तर दिन सक्ने नेतृत्व आवश्यक रहेको बताए। उनले थपे, “नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन्। सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ।”

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्