Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

महिला उद्यमी समितिसहित घरेलु तथा साना उद्योग महासङ्घ मधेस प्रदेशको तेस्रो महाधिवेशन सम्पन्न

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ एवं महिला उद्यमी समिति मधेस प्रदेशको तेस्रो महाधिवेशन सम्पन्न भएको छ। “उद्योग गरौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ शनिबार चन्द्रनिगाहपुरमा आयोजित महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ।

मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव जयकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको उद्घाटन उनले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा मधेस प्रदेशअन्तर्गतका आठवटै जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

महासङ्घका मधेस प्रदेश अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उद्यमीमैत्री बजेट ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए। उनले आगामी बजेटमा उद्यमी तथा उद्योगीलाई प्राथमिकतामा राख्न आग्रह गरे।

कार्यक्रममा सचिव घिमिरेले साना उद्योग तथा उद्यमलाई आगामी बजेटमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयका कार्यक्रमहरूमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा महिला उद्यमी समितिको अनिवार्य सहभागिता सुनिश्चित गरिने बताए। उनले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए।

महाधिवेशनबाट मधेस प्रदेश समितिको अध्यक्षमा खगेन्द्रकुमार सिंह निर्वाचित भएका छन्। समितिको उपाध्यक्षमा नवीनकुमार यादव, सचिवमा लवकुमार सिंह, कोषाध्यक्षमा दिव्यनाथ श्रेष्ठसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

त्यसैगरी महिला उद्यमी समितितर्फ अध्यक्षमा उर्मिला थापा, उपाध्यक्षमा बबिता खनाल, महासचिवमा जुली श्रेष्ठ तथा कोषाध्यक्षमा सावित्री कुस्वारसहित २५ सदस्यीय समिति गठन गरिएको छ।

चन्द्रपुर नगरपालिका–४ स्थित होटल हिमालयनमा आयोजित महाधिवेशन रौतहट जिल्ला समितिको समन्वय तथा सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रम सफल बनाउन जिल्ला अध्यक्ष बलिराम साह, सचिव सन्तलाल कुमार पासवान तथा महिला उद्यमी समितिका पदाधिकारीहरूको सक्रिय भूमिका रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंह, बागमती प्रदेश अध्यक्ष तारानाथ चौलागाईं, गण्डकी प्रदेश अध्यक्ष महाप्रसाद सुवेदी, घरेलु तथा साना उद्योग कार्यालय रौतहटका प्रमुख रिङ्कीकुमारी जयसवाललगायत विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्