सभामुख डोलप्रसाद अर्याल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सभामुख अर्याल उपराष्ट्रपति यादवलाई भेट्न लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । भेटवार्ताका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसद्को प्रभावकारी सञ्चालन तथा वर्तमान राजनीतिक अवस्थाबारे कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटमा लोकतान्त्रिक संस्थाहरूलाई अझ सशक्त बनाउने, संसदीय गतिविधिलाई प्रभावकारी बनाउने तथा जनअपेक्षाअनुसार संसद्को भूमिका मजबुत बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ ।
सभामुख र उपराष्ट्रपतिबीच भएको उक्त भेटलाई समसामयिक राजनीतिक समन्वय र संवैधानिक निकायबीचको सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्