Friday, October 30, 2026
शुक्रबार, कार्तिक १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.39 SELL AUD/NPR 106.63 SELL BHD/NPR 402.92 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

गणतन्त्र सुदृढीकरण र संसद् प्रभावकारिताबारे सभामुख–उपराष्ट्रपतिबीच छलफल

सभामुख डोलप्रसाद अर्याल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सभामुख अर्याल उपराष्ट्रपति यादवलाई भेट्न लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । भेटवार्ताका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसद्को प्रभावकारी सञ्चालन तथा वर्तमान राजनीतिक अवस्थाबारे कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा लोकतान्त्रिक संस्थाहरूलाई अझ सशक्त बनाउने, संसदीय गतिविधिलाई प्रभावकारी बनाउने तथा जनअपेक्षाअनुसार संसद्को भूमिका मजबुत बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ ।

सभामुख र उपराष्ट्रपतिबीच भएको उक्त भेटलाई समसामयिक राजनीतिक समन्वय र संवैधानिक निकायबीचको सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्