Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सदनमा उठ्यो विदेशी महिलालाई अलपत्र पारेको आरोप

प्रतिनिधि सभा बैठकमा एक विदेशी महिलासँग सम्बन्धित विवादास्पद विषय उठाइएको छ । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेपाल कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले सामाजिक सञ्जालमा भाइरल बनेको घटनाबारे सदनमा प्रश्न उठाएका हुन् ।

सांसदहरूले मोरङ–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि एक नाइजेरियन महिलालाई प्रेम सम्बन्धमा पारेर गर्भवती बनाएपछि अलपत्र छाडेको आरोपबारे सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

सदनमा बोल्दै सांसद पार्वती विकले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा रहेको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरिन् । उनले सत्तारुढ दलका सांसदसँग जोडिएको विषय भएकाले संसदलाई स्पष्ट जानकारी गराउनुपर्ने बताइन् ।

त्यस्तै सांसद निनुकुमारी कर्णले विदेशी महिलालाई भावनात्मक रूपमा प्रयोग गरिएको आरोप लगाउँदै महिलाप्रति हुने व्यवहारबारे प्रश्न उठाइन् । उनले घटनाको सत्यतथ्य छानबिन गरी संसद र जनतालाई यथाशीघ्र जानकारी गराउन माग गरिन् ।

उक्त विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया आइरहेका छन् । यद्यपि आरोपबारे सम्बन्धित सांसद वा रास्वपाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्