Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि पेट्री पुहाक्का बीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा उक्त प्रस्ताव राखिएको हो । मन्त्री पोखरेलले विश्वमै उच्च गुणस्तरको मानिने फिनल्यान्डको शिक्षा प्रणालीसँग सहकार्य गर्दै नेपालको विद्यालय शिक्षा सुधार गर्ने लक्ष्य व्यक्त गर्नुभयो ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र फिनल्यान्डबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै नेपालको विकासमा फिनल्यान्डले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साथै, सरकारले अघि सारेका प्राथमिकता तथा आगामी योजनाबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा समेत व्यक्त गर्नुभयो ।

उक्त भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, विकास सहायता परिचालन तथा शिक्षा क्षेत्रमा थप साझेदारी विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।

राजदूत पुहाक्काले नेपालमा शिक्षा क्षेत्रका कार्यक्रमहरूमा फिनल्यान्डको सहयोग आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो । हाल फिनल्यान्डको सहयोगमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम तथा ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालनमा रहेका छन् ।

त्यसैगरी, नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा फिनल्यान्डले ‘इन्क्लुसिभ एजुकेशन’ तथा अटिजमसम्बन्धी क्षेत्रमा आफ्नो अनुभव र विज्ञता साझा गर्दै सहकार्य गर्न इच्छुक रहेको जनाइएको छ ।

राजदूत पुहाक्काले वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’ अभियानमा समेत फिनल्यान्डसँग सहकार्य विस्तार गर्न सकिने बताउनुभयो ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्