Sunday, September 06, 2026
आइतबार, भाद्र २१, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कर दर हेरफेरसम्बन्धी अर्थमन्त्रीको ‘त्रुटि सुधार पत्र’ अस्वीकार्य भन्दै विपक्षीको आपत्ति, संसदीय प्रक्रियामाथि प्रश्न

विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गर्दै अर्थमन्त्री डा. Swarnim Wagle ले संघीय संसद् सचिवालयमा दर्ता गरेको ‘त्रुटि सुधार’ सम्बन्धी पत्र अस्वीकार्य भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनीहरूले संसद्‌मा टेबल भइसकेको विधेयकमा संसद्‌लाई छलेर कुनै पनि प्रकारको कर दर हेरफेर गर्न अर्थमन्त्रीलाई अधिकार नरहेको जिकिर गरे ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद Gopal Sharma ले संसद्‌मा प्रस्तुत गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको विधेयकबीच नै फरक देखिएको भन्दै गम्भीर आपत्ति जनाए । उनले संसद् छलेर गरिएको हेरफेर स्वीकार्य नहुने बताए ।

यसैबीच, संसद् सचिवालयमा अर्थमन्त्रीले ‘त्रुटि सुधार’ भन्दै पठाएको पत्र दर्ता प्रक्रिया पनि विवादमा परेको छ । संसद् सचिवालय स्रोतका अनुसार विधेयक टेबल भइसकेपछि संशोधन प्रस्ताव दर्ता गर्न नमिल्ने भएकाले प्रारम्भमा उक्त पत्र दर्ता गरिएको थिएन ।

तर पछि संसद् महासचिवको तोकपछि सो पत्र दर्ता गरी आर्थिक विधेयकमा समावेश गरिएको बताइएको छ ।

विपक्षीले यस घटनालाई संसदीय प्रक्रियामाथिको हस्तक्षेप भन्दै कडा आलोचना गरेका छन् । राप्रपाका संसदीय दलका नेता Gyanendra Shahi ले कर दर हेरफेर र सूचना चुहावटलाई गम्भीर अपराध भन्दै छानबिनको माग गरेका छन् ।

उनले सुशासनको नारा दिएर बनेको सरकार नै कुशासनतर्फ गएको आरोप लगाउँदै अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

विपक्षी दलहरूले घटनाले विधायिकी प्रक्रिया नै कमजोर बनाएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्