Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

फेवातालमा डुबेर युवकको मृत्यु

७ जेठ, पोखरा । पोखराको प्रसिद्ध फेवाताल मा डुबेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला निवासी अन्दाजी २७ वर्षीय रिवाज गुरुङ रहेका छन्। उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा आज बिहान ३:३५ बजे गुरुङलाई अचेत अवस्थामा फेला पारी उद्धार गरेको थियो।

उद्धारपछि उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले परीक्षणका क्रममा उनलाई मृत घोषणा गरेका थिए।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्