Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

डुमरवाना–बडहर्वा सडकमा भीषण दुर्घटना, सेवानिवृत्त शिक्षकको मृत्यु

जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना–बडहर्वा सडकखण्डमा भएको सवारी दुर्घटनामा एक सेवानिवृत्त शिक्षकको ज्यान गएको छ।

दुर्घटनामा मृत्यु हुनेमा रौतहटको संग्रामपुर घर भई हाल जीतपुरसिमरा–२ मा बसोबास गर्दै आएका ६१ वर्षीय केदारप्रसाद शर्मा रहेका छन्।

प्रहरीका अनुसार डुमरवानाबाट बडहर्वातर्फ जाँदै गरेको प्र.०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको ना७त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको प्र.०२–०३–००१ त नम्बरको अर्को ट्याक्टरमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि वीरगन्जस्थित मेडिसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शर्मा लामो समयदेखि पथलैया, सिमरा लगायत जीतपुरसिमरा क्षेत्रका विभिन्न विद्यालयमा अध्यापन गर्दै आएका सेवानिवृत्त शिक्षक हुन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्