Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

विशेषज्ञ चिकित्सकलाई आफ्नै दरबन्दीमा फर्काउने निर्णय, १४ जना फिर्ता

पहुँच र शक्ति प्रयोग गरेर सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकलाई अब आफ्नै दरबन्दी भएको अस्पतालमा फर्किनुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता ले देशभर स्वास्थ्य सेवाको सन्तुलन मिलाउन तथा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्न कडाइ गरेपछि यस्तो निर्णय कार्यान्वयनमा आएको हो।

मन्त्रालयले पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको स्थायी दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइसकेको जनाएको छ।

लामो समयदेखि सुगम क्षेत्रमा मात्र केन्द्रित चिकित्सकका कारण दुर्गम भेगका अस्पतालहरूमा विशेषज्ञ सेवाको अभाव हुँदै आएको थियो। नयाँ निर्णयसँगै देशभर स्वास्थ्य सेवाको पहुँच सन्तुलित बनाउने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्