Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

धादिङमा ढुङ्गा खानी दुर्घटना : टिपरमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

धादिङको थाक्रे गाउँपालिकास्थित एक ढुङ्गा खानीमा भएको दुर्घटनामा टिपर चालकको मृत्यु भएको छ। थाँक्रे गाउँपालिका–७ राम्चेस्थित बज्रकाली रोडा ढुङ्गा उद्योग खानीमा ढुङ्गा लोड गर्ने क्रममा टिपरमाथि ठूलो ढुङ्गा खस्दा चालक ३५ वर्षीय देवेन्द्र खत्रीको ज्यान गएको हो।

प्रहरीका अनुसार बा५ख ८५८० नम्बरको टिपर खानी क्षेत्रमा ढुङ्गा लोड गर्न पुगेको थियो। सोही क्रममा माथिबाट अचानक ठूलो ढुङ्गा खसेर टिपरलाई च्यापेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक खत्रीको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीका प्रवक्ता प्रकाश दाहालले जानकारी दिएका छन्।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार प्रयास गरेका थिए। तर ढुङ्गाले पूर्ण रूपमा च्यापिएकाले चालकलाई बचाउन सम्भव नभएको प्रहरीले जनाएको छ।

यस घटनापछि खानी क्षेत्रमा अपनाइने सुरक्षा मापदण्डमाथि फेरि प्रश्न उठेको छ। स्थानीयले खानी सञ्चालनमा पर्याप्त सुरक्षा व्यवस्था नभएको गुनासो गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्