Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

वाइफाइको तार जोड्ने क्रममा करेन्ट लाग्दा दाङमा आमा–छोरी घाइते

दाङको घोराहीमा वाइफाइको तार जोड्ने क्रममा करेन्ट लाग्दा आमा–छोरी घाइते भएका छन्।

घोराही उपमहानगरपालिका–७ निवासी ३० वर्षीया ममता पुन मगरलाई घरमा वाइफाइको तार जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो। आमाको चिच्याहट सुनेर नजिक पुगेकी उनकी सानी छोरी आयुषा पुनलाई समेत करेन्ट लाग्दा दुवै जना भुइँमा लडेका थिए।

स्थानीयवासीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याएका छन्। दुवै जनाको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।

घटनापछि स्थानीयवासीले विद्युत् तथा इन्टरनेट जडान गर्दा आवश्यक सावधानी अपनाउनुपर्ने बताएका छन्। प्रहरीले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्