Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो। उक्त अध्यादेश यसअघि राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको थियो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो।

बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता विस्तार गर्ने उद्देश्यले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरिएको छ।

त्यस्तै, भारतसँग जीटुजी (सरकार-सरकार) खरिद प्रक्रियामार्फत ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।

यसैगरी, संसद् भवन परिसरमा प्रवेश व्यवस्थापनलगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना पनि बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्