Thursday, September 03, 2026
बिहीबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक आह्वान

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे सिंहदरबारमा बैठक बोलाएको हो।

परिषद् बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको जनाइएको छ। लामो समयदेखि सर्वोच्च अदालत नेतृत्वविहीन अवस्थामा रहेकाले अब नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरिएको हो।

बैठकमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, कानुन मन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुखलाई आमन्त्रण गरिएको छ। संवैधानिक परिषद्ले सिफारिस गरेको नामलाई संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यस बैठकलाई न्यायपालिका नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण मानिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्