Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

नेपाली कांग्रेस प्रसौनी–फेटा गाउँकमिटीको विस्तारित बैठक सम्पन्न, उम्मेदवार श्यामबाबु गुप्ताद्वारा सम्बोधन

बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत नेपाली कांग्रेस प्रसौनी र फेटा गाउँकमिटीको संयुक्त विस्तारित बैठक सम्पन्न भएको छ।

स्थानीय पार्टी संगठनलाई थप सशक्त बनाउने उद्देश्यले आयोजित बैठकमा आगामी राजनीतिक गतिविधि, संगठन विस्तार र चुनावी तयारीबारे छलफल गरिएको थियो। बैठकलाई सम्बोधन गर्दै उम्मेदवार श्यामबाबु गुप्ताले कांग्रेस पार्टी जनताको भरोसाको शक्ति भएको उल्लेख गर्दै संगठनलाई जरा तहदेखि मजबुत बनाउन कार्यकर्ताको भूमिका निर्णायक हुने बताए।

उनले विकास, सुशासन र जनताको अधिकारका लागि कांग्रेस निरन्तर प्रतिबद्ध रहेको भन्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। बैठकमा प्रसौनी र फेटा गाउँकमिटीका पदाधिकारी, सदस्य तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकले संगठनात्मक गतिविधिलाई अझ सक्रिय बनाउँदै आगामी दिनमा जनस्तरसम्म पार्टीका एजेन्डा प्रभावकारी रूपमा पुर्‍याउने निर्णय गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्