Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कम्युनिस्ट एकताबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री Pushpa Kamal Dahal ‘प्रचण्ड’ले सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर समाजवादको यात्रा अघि बढाउने बताएका छन्।

आइतबार मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा बोल्दै उनले क्रान्तिको सपना अझै पूरा नभएको उल्लेख गरे।

प्रचण्डले विभिन्न कम्युनिस्ट समूहलाई एक ठाउँमा ल्याउँदै समाजवादतर्फको नयाँ राजनीतिक यात्रा सुरु गरिएको बताए। उनले बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउँदै सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

उनले शान्ति सम्झौता र संविधानसभा मार्फत प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सबै राजनीतिक दललाई समेटेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा सहिदहरूको योगदानलाई स्मरण गर्दै उनले उनीहरूको सपना पूरा गर्न राजनीतिक एकता नै मुख्य आधार हुने बताए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्