Monday, June 15, 2026
सोमबार, असार १, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.44 SELL AUD/NPR 107.27 SELL BHD/NPR 403.66 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको वृद्धि, विदेशी आगन्तुक घटे

१० जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ भने सार्क र तेस्रो मुलुकका पर्यटक घटेका छन् ।

निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाखसम्म कुल २ लाख २६ हजार ८७६ पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये १ लाख ३७ हजार २४६ नेपाली, १३ हजार ९९२ सार्क देशका र ७५ हजार ६३८ तेस्रो मुलुकका पर्यटक रहेका छन् ।

गत वर्षको तुलनामा कुल पर्यटक संख्या २२ हजार ३७४ ले वृद्धि भए पनि विदेशी पर्यटकको आगमनमा कमी देखिएको छ । सार्क मुलुकबाट ४ हजार ९४१ र तेस्रो मुलुकबाट ६ हजार २५९ पर्यटक घटेका छन् । यता नेपाली पर्यटक भने ३३ हजारभन्दा बढीले बढेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अघिल्लो वर्ष वैशाखसम्म १ लाख ३ हजार ६७२ नेपाली पर्यटक मात्र थिए, जुन यस वर्ष उल्लेख्य रूपमा बढेर १ लाख ३७ हजार २४६ पुगेको हो ।

पर्यटन क्षेत्रका जानकार हिम्मत पुरीका अनुसार परिवारसहित घुम्ने प्रवृत्ति बढ्नु, सडक पूर्वाधार सुधार हुनु र साप्ताहिक बिदा व्यवस्थाले आन्तरिक पर्यटन वृद्धि भएको हो । उनले अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरता र क्षेत्रीय द्वन्द्वका कारण विदेशी आगमन प्रभावित भएको हुन सक्ने बताए ।

निकुञ्जले चालु वर्षमा २५ करोड २७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ, जसमा पर्यापर्यटनबाट मात्र २३ करोडभन्दा बढी आम्दानी भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा नेपालीका लागि प्रति व्यक्ति १५० रुपैयाँ, सार्कका लागि १ हजार र विदेशी पर्यटकका लागि २ हजार रुपैयाँ प्रवेश शुल्क लाग्छ । जिप सफारीका लागि ५ हजार रुपैयाँ शुल्क लिने गरिएको छ ।

निकुञ्जको सौराहा क्षेत्रबाट मात्रै यस वर्ष १ लाख ९५ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन् । यहाँ एकसिङ्गे गैँडा, बाघ, भालु, घडियाल गोही लगायत दुर्लभ वन्यजन्तु अवलोकनका लागि पर्यटक आउने गर्छन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्