Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा

देशकै प्रमुख स्वास्थ्य संस्थामध्ये एक रहेको वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्।

सरकार परिवर्तनपछि अघिल्लो सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी ल्याइएको अध्यादेश जारी भएसँगै डा. शर्माले राजीनामा दिएका हुन्। उनले हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर आफ्नो राजीनामा बुझाएको जानकारी दिएका छन्।

डा. शर्माका अनुसार अन्य पदाधिकारीहरूले पनि पद छाडेपछि आफूले समेत राजीनामा दिने निर्णय गरेका हुन्। उनले भने, “मेरो कार्यकाल पनि धेरै बाँकी थिएन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएको हुँ।”

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा. शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशक पदमा नियुक्त भएका थिए।

उनको राजीनामासँगै हाल वीर अस्पताल नेतृत्वविहीन बनेको छ।

यसअघि अध्यादेश जारी भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्षलगायत उच्च पदाधिकारीहरू पनि पदमुक्त भएका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्