Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जाँचबुझ आयोग प्रतिवेदन : केही व्यक्तिलाई फौजदारी कारबाहीको सिफारिस

२३ र २४ भदौमा भएको घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले केही व्यक्तिमाथि फौजदारी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

परिस्थितिको पर्याप्त यकिन नगरी बल प्रयोग भएको ठहर गर्दै आयोगले त्यतिबेला जिम्मेवारीमा रहेका केही उच्च पदस्थ अधिकारीमाथि कारबाहीको सिफारिस गरेको आयोगसम्बद्ध स्रोतले जनाएको छ ।

स्रोतका अनुसार तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दीपशम्शेर जबरा तथा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीलगायतमाथि फौजदारी कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।

यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भूमिकाबारे पनि आयोगले केही विश्लेषण गरेको बताइए पनि उनीहरूमाथि के–कस्तो कारबाही सिफारिस गरिएको छ भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

यदि आयोगको सिफारिस कार्यान्वयन भएमा प्रतिवेदनलाई आधार मानेर प्रहरीले व्यक्ति हत्यासम्बन्धी अभियोगमा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाउन सक्नेछ । अनुसन्धानका क्रममा संलग्न भएको पुष्टि भएमा पक्राउ गरेर मुद्दा चलाउने प्रक्रिया समेत अगाडि बढ्न सक्ने बताइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन बुझ्दै त्यसको अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएकी छन् ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्