Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

निर्वाचन लक्षित चेकजाँचमा बारामा १०० भन्दा बढी सवारीसाधन प्रहरी नियन्त्रणमा

कलैया, २१ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बारामा सवारीसाधनमाथि सुरक्षा चेकजाँच कडा पारिएको छ। सोही क्रममा पासबिना सञ्चालनमा रहेका एक सयभन्दा बढी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कार्यालय अगाडि तथा जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी चेकजाँचका क्रममा निर्वाचन पास नभएका मोटरसाइकलसहित अन्य सवारीसाधन नियन्त्रणमा लिइएको हो।

निर्वाचन अवधिमा सुरक्षा व्यवस्था सुदृढ बनाउन पासबिना सञ्चालन हुने सवारीसाधनमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई निर्वाचन प्रक्रिया सम्पन्न भएपछि बेलुका ५ बजेदेखि क्रमशः छाडिनेछ।

slug

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्