काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध देशका काठमाडौँ र नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा काठमाडौँ र New Delhi मा कार्यरत कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भेटवार्तामा आपसी सहकार्य सुदृढ गर्ने, विकास साझेदारी विस्तार गर्ने तथा नेपाल र ईयू सदस्य राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जनाइएको छ।
बैठकमा शहरी विकास, जलवायु परिवर्तन, सुशासन तथा लगानीका सम्भावनाबारे पनि विचार–विमर्श गरिएको थियो।
कूटनीतिक सम्बन्ध विस्तार र विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको यो भेटलाई महत्त्वपूर्ण मानिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्