Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

शुक्रबार बालेन प्रधानमन्त्री बन्दै, १२:३४ बजे शपथ

आगामी चैत १३ गते शुक्रबार नेपालले नयाँ प्रधानमन्त्री पाउने भएको छ। प्रतिनिधिसभा निर्वाचनमा सफलता हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) सो दिन प्रधानमन्त्रीको रूपमा शपथ लिने कार्यक्रम तय भएको छ।

शपथ ग्रहण कार्यक्रम मध्याह्न १२:३४ बजेका लागि निर्धारण गरिएको छ। समारोहलाई विशेष र सांस्कृतिक रूपमा भव्य बनाउने तयारी गरिएको छ। कार्यक्रमअन्तर्गत शंखनाद, स्वस्ती वाचन तथा बौद्ध धर्मअनुसार मंगल पाठ गरिनेछ।

शपथपछि नवनियुक्त प्रधानमन्त्री बालेनले सोही दिन दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको छ।

युवा पुस्तामाझ लोकप्रिय मानिएका बालेनको सत्तारोहणलाई लिएर सर्वसाधारणमा उत्साह र अपेक्षा देखिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्