Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पैतृक सम्पत्ति विवादमा तनाव बढ्यो: औराहामा भाइमाथि कुटपिट र ज्यान धम्कीको आरोप

जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहामा पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजु–भाइबीचको विवाद चर्किँदै गएको छ। अंशको विषयमा सुरु भएको झगडा अहिले कुटपिट, धम्की र अदालतसम्म पुगेको कानुनी प्रक्रियामा परिणत भएको छ।

स्थानीय हासिम मियाले आफ्ना दाजु कासिम मियामाथि पैतृक सम्पत्ति हडपेको आरोप लगाएका छन्। उनका अनुसार बाबुआमाबाट प्राप्त करिब २० बिघा जग्गा किर्ते कागजात र झुक्याएर गराइएको हस्ताक्षरका आधारमा दाजुले आफ्नो नाममा नामसारी गरेका हुन्। आफूले आफ्नो हिस्सा माग्दा अस्वीकार गरिएको उनले बताए।

पीडित पक्षका अनुसार विवादले हिंसात्मक रूप लिएको छ। हासिम मियाले दाजुले पटक–पटक धम्की दिने, कुटपिट गराउने र ज्यान मार्ने चेतावनीसमेत दिने गरेको आरोप लगाएका छन्। घटनापछि परिवार आफ्नै घर छोडेर सिमरा बजार क्षेत्रमा बस्न बाध्य भएको जनाइएको छ।

पीडितकी बहिनी शैरा खातुनले अंश माग्दा उल्टै दमन र आक्रमण झेल्नुपरेको बताइन्। उनले प्रहरीमा दिएको उजुरीमा अपेक्षित सुनुवाइ नभएको गुनासो गर्दै घटनामा निष्पक्ष छानबिनको माग गरिन्।

यसैबीच, हासिम मियाले आफू उपस्थित नभई मालपोत तथा वडा कार्यालयबाट जग्गा नामसारी भएको विषयमा प्रश्न उठाएका छन्। हाल उक्त विवाद अदालतमा विचाराधीन रहेको र करिब ८२ कित्ता जग्गा रोक्का गरिएको जानकारी दिइएको छ। पीडित पक्षले अझै पनि जग्गा अन्यत्र सार्ने प्रयास भइरहेको आरोप लगाएको छ।

पीडित परिवारका सदस्यहरूले आफूहरू असुरक्षित अवस्थामा रहेको जनाउँदै न्यायका लागि सम्बन्धित निकायदेखि उच्च तहसम्म पुग्ने बताएका छन्।

यो घटनाले अंशसम्बन्धी विवादले पारिवारिक सम्बन्धमा गहिरो असर पार्दै हिंसात्मक रूप लिन सक्ने अवस्थालाई उजागर गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्