Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बाराको जीतपुरसिमरामा मतदातासँग जसपाका उम्मेदवार सन्जु साहको छलफल

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१० बेहरामा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट क्षेत्र नं. ४ का उम्मेदवार सन्जु साहले मतदातासँग छलफल कार्यक्रम सम्पन्न गरेका छन्।

 

कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा जसपा नेपालका वरिष्ठ नेता जितेन्द्र सोनल पनि सहभागी थिए। छलफलका क्रममा स्थानीय मतदाताले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विभिन्न जिज्ञासा र सुझाव राखेका थिए।

 

उम्मेदवार साहले जनताको आवाजलाई प्राथमिकतामा राख्दै स्थानीय आवश्यकता अनुसारको विकास योजनालाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। नेता सोनलले मधेसको समग्र विकासका लागि जसपा नेपालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मतदातालाई पार्टीलाई समर्थन गर्न आग्रह गरे।

 

कार्यक्रममा स्थानीय अगुवा, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्