Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्ने घोषणा गरेको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ६७० मेगावाट जलविद्युत् आयोजना तथा ३७० मेगावाट सौर्य ऊर्जामार्फत कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने जानकारी दिए।

उनका अनुसार नयाँ उत्पादन क्षमता थपिएसँगै राष्ट्रिय प्रसारण लाइनमा जडित विद्युत् क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्नेछ। सरकारले ऊर्जा उत्पादन वृद्धि, स्वदेशी विद्युत्को उपयोग विस्तार तथा ऊर्जा निर्यातलाई प्राथमिकतामा राखेर आगामी वर्षका कार्यक्रम अघि बढाएको जनाएको छ।

बजेटमार्फत जलविद्युत् र नवीकरणीय ऊर्जाको विकासलाई थप तीव्र बनाउने तथा ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति पनि लिइएको सरकारले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्