Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

गजेन्द्र कुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित

बारा । जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित हुनुभएको छ।

महासंघले २०८३ साउन २७ गते पत्रमार्फत गुप्तालाई उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको जानकारी गराएको हो। महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल कुमार श्रेष्ठको सभापतित्वमा उद्योग समिति गठन गरिएको छ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा महासंघलाई सशक्त रूपमा अगाडि बढाउन गठित समितिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। समितिलाई क्रियाशील बनाउन गुप्ताको पूर्ण सहयोग रहने अपेक्षा समेत महासंघले गरेको छ।

जितपुर सिमरा उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा उद्योगी तथा व्यवसायीका समस्या र व्यावसायिक क्षेत्रका मुद्दामा सक्रिय गुप्ताको महासंघको उद्योग समितिमा मनोनयनलाई स्थानीय उद्योगी–व्यवसायीले सकारात्मक रूपमा लिएका छन्।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्