माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराउनुभएको छ।
बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी विषयमा राष्ट्रपतिज्यूलाई जानकारी गराउनुभएको हो।
भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिज्यूलाई हस्तान्तरण गर्नुभए थियो।
अर्थमन्त्री डा. वाग्लेले भोलि जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
सरकारले आगामी बजेट निर्माण प्रक्रियालाई लगभग अन्तिम चरणमा पुर्याइसकेको जनाएको छ। बजेटमा आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्