Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट, पुँजीगत खर्च ५१ प्रतिशतभन्दा बढी

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले आगामी वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन्।

सरकारले प्रस्तुत गरेको बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३४.५५ प्रतिशत हो। पुँजीगत खर्चतर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ, जसले कुल बजेटको ५१.३२ प्रतिशत हिस्सा ओगट्छ। यस्तै वित्तीय व्यवस्थापनका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन ०.३७ प्रतिशत हो।

प्रदेश सरकारले यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले वृद्धि भएको जनाएको छ। चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याइएको थियो। पछि मध्यावधि समीक्षामार्फत घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा सीमित गरिएको थियो।

सरकारले बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ। त्यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८७ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड र समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्