Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

बागमती प्रदेशले ल्याउँदै ६६ अर्ब हाराहारीको बजेट, मन्त्रिपरिषद्बाट स्वीकृत

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका स्रोतअनुसार सोही आकारको बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। आज ४ बजे बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सिफारिसलाई अनुमोदन गर्दै आगामी बजेटलाई प्रदेशसभामा पेस गर्न औपचारिक स्वीकृति दिएको छ।

प्रदेश सरकारले यसपटकको बजेटमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताइएको छ। सडक, पुल, शहरी पूर्वाधार तथा रणनीतिक आयोजनामा लगानी बढाउने तयारी रहेको स्रोतले जनाएको छ। त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनासँग सम्बन्धित कार्यक्रमलाई पनि समेटिने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि बजेट आजै प्रदेशसभामा प्रस्तुत गरिनेछ। बजेट भाषणमार्फत आगामी वर्षका नीति तथा कार्यक्रमसमेत सार्वजनिक हुनेछन्। चालू आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेशले ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो, जसको तुलनामा यसपटकको बजेट आकार केही कम देखिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्