बागमती प्रदेश सरकारले एकीकृत प्रादेशिक संरचना निर्माणका लागि ५६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एकीकृत प्रादेशिक संरचना, प्रदेशसभा भवन तथा आवास निर्माणका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए ।
सरकारले हेटौंडा उपमहानगरपालिका–१७ मा निर्माण हुने प्रादेशिक संरचना (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरू) का लागि संघीय सरकारबाट जग्गा प्राप्तिको प्रक्रिया टुंग्याइसकेको जनाएको छ ।
प्रदेश राजधानी पूर्वाधार विशेष आयोजनामार्फत प्रादेशिक संरचना निर्माणको काम अघि बढाइएको छ । प्रदेश स्थापनाको ८ वर्ष बितिसक्दा पनि आफ्नै स्थायी संरचना निर्माण हुन नसक्दा प्रदेश सरकार हाल पुराना सरकारी भवन तथा भाडाका संरचनामा सञ्चालन हुँदै आएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्