Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

नेपाल–अमेरिका सम्बन्ध थप मजबुत बनाउने दिशामा वाग्ले–कपुर संवाद

स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री S. Paul Kapur बीच मंगलबार सिंहदरबार स्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा हालै सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित सहकार्यका क्षेत्रहरू, लगानी प्रवर्द्धन तथा द्विपक्षीय सहयोगका विषयमा गहन छलफल भएको जनाइएको छ।

अर्थमन्त्री वाग्लेले सरकारको प्रमुख प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरीय भौतिक पूर्वाधार निर्माण रहेको उल्लेख गर्दै पुराना तथा अनावश्यक कानूनहरूको खारेजी र नयाँ कानूनी संरचना निर्माणमार्फत लगानीमैत्री वातावरण सिर्जना गर्ने नीति रहेको स्पष्ट पारे। उनले विशेष गरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा अमेरिकी तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट लगानीको अपेक्षा रहेको बताए।

यसैबीच, सहायक विदेश मन्त्री कपुरले नेपाल–अमेरिका सम्बन्ध ऐतिहासिक रूपमा सुदृढ रहेको उल्लेख गर्दै आगामी दिनमा अझ बलियो हुने विश्वास व्यक्त गरे। उनले शान्तिपूर्ण निर्वाचनपछिको वर्तमान सरकारका सुधार कार्यक्रमहरूलाई अमेरिकी नेतृत्व र जनताले सकारात्मक रूपमा हेरिरहेको बताए। साथै, US International Development Finance Corporation जस्ता संस्थासँगको सहकार्यबाट दुवै देशले लाभ लिन सक्नेमा जोड दिए।

उक्त भेटवार्तामा अर्थ सचिव घनश्याम उपाध्याय, अर्थ तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत Scott Urbom तथा अमेरिकी दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्