Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

ग्लोबल मनी विकको अवसरमा सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेशनल ले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित जनजागृति माध्यमिक विद्यालयमा आइतबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। ‘ग्लोबल मनी विक’ को समापनको अवसर पारेर बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

वित्तीय ज्ञानको अभावका कारण धेरै मानिस आर्थिक रूपमा पछाडि पर्ने अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बैंकले जानकारी दिएको छ। कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी र शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा शाखा प्रबन्धक पुष्पराज भण्डारी, सहायक प्रबन्धक रोशनकुमार सर्राफ र कर्मचारी उमेश कुँवरले सहजीकरण गरेका थिए। उनीहरूले सहभागीलाई बचत गर्ने प्रभावकारी तरिका, आम्दानीअनुसार खर्च व्यवस्थापन, बैंकिङ सेवाको सही प्रयोग, ऋण लिँदा अपनाउनुपर्ने सावधानी, लगानीका आधारभूत सिद्धान्त तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोगबारे जानकारी गराएका थिए।

यससँगै, बढ्दो डिजिटल प्रयोगसँगै हुने साइबर ठगी तथा अनलाइन फ्रडबाट जोगिने उपायबारे पनि सहभागीलाई सचेत गराइएको थियो। भविष्यमा आर्थिक रूपमा आत्मनिर्भर बन्न सानै उमेरदेखि वित्तीय अनुशासन आवश्यक हुनेमा जोड दिइएको थियो।

सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले आफ्नो वित्तीय ज्ञान वृद्धि गर्न सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्