Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

‘नेपालको विकास यात्रामा बंगलादेशका असल अभ्यास उपयोगी हुन सक्छन्’ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्याल ले नेपालको विकास यात्रामा बंगलादेशका सफल र असल अभ्यासहरू उपयोगी हुन सक्ने बताएका छन्।

नेपालका लागि मो. शफिकुर रहमान सँग भएको शिष्टाचार भेटवार्ताका क्रममा सभामुख अर्यालले नेपाल–बंगलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए।

भेटका क्रममा उनले बंगलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा, विकास र समृद्धिका लागि सफल कार्यकालको कामना गरे। साथै नेपालमा पनि निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै दुवै देशका सरकारबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले नेपाल र बंगलादेशबीचको सहकार्यले दुवै देशका नागरिकको सुख, समृद्धि र कल्याणमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले खेलकुद क्षेत्रमा बढ्दो सहकार्यले दुई देशका जनताबीचको सम्बन्धलाई थप नजिक बनाएको उल्लेख गर्दै फुटबल, क्रिकेट र भलिबलजस्ता खेलमार्फत युवा पुस्ताबीच मित्रता र आपसी समझदारी विस्तार भएको धारणा राखे।

उनले पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरीय सम्पर्कका माध्यमबाट आगामी दिनमा नेपाल–बंगलादेश सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा व्यक्त गरे। भेटवार्तामा शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विविध विषयमा समेत छलफल भएको थियो।

सभामुख अर्यालले विशेषगरी बंगलादेशमा चिकित्सा शिक्षा तथा अन्य प्राविधिक विषय अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको योगदानको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा सहकार्य अझ विस्तार हुनुपर्ने बताए। जलवायु परिवर्तनका साझा चुनौतीबारे चर्चा गर्दै उनले हिमाली क्षेत्रका वातावरणीय जोखिम र समुद्री तटीय क्षेत्रका समस्याहरू दुवै देशका साझा सरोकारका विषय रहेको उल्लेख गरे।

यस अवसरमा राजदूत रहमानले नेपाल र बंगलादेशले जलवायु परिवर्तन, प्राकृतिक विपद्, विकास तथा आर्थिक रूपान्तरणका क्षेत्रमा समान प्रकृतिका चुनौती सामना गरिरहेको बताए। उनले यस्ता साझा समस्याको समाधानका लागि अनुभव आदानप्रदान, साझेदारी र सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखे।

राजदूत रहमानले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा विद्यमान सहकार्यलाई थप विस्तार गर्न बंगलादेश सरकार सकारात्मक रहेको बताउँदै दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई अझ प्रभावकारी बनाउन दुवै देशले साझा हितका विषयमा मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्