Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

साउदी जेलमा रहेका ३३ नेपाली श्रमिकलाई राजकीय माफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्किने

विभिन्न कारणले साउदी अरबमा जेलमा रहेका ३३ जना नेपाली श्रमिकलाई साउदी सरकारले राजकीय माफी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले ती नेपालीलाई माफी प्रदान गरिदिन आग्रह गरेपछि साउदी सरकारले उक्त निर्णय गरेको हो।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा रमजानको अवसरमा ती नेपाली श्रमिकहरूले "राजकीय क्षमादान" प्राप्त गरेको उल्लेख गर्दै यस निर्णयका लागि साउदी सरकारप्रति नेपाल सरकारले आभार व्यक्त गरेको जनाएको छ।

मन्त्रालयका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि माफी पाएका ३३ जना नेपाली श्रमिक स्वदेश फर्किनेछन्।

नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकको हित संरक्षणका लागि सम्बन्धित मुलुकका निकायसँग निरन्तर समन्वय गर्दै आएको पनि मन्त्रालयले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्