Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

नेपाल–बेलायत आर्थिक साझेदारी फोरम सम्पन्न, दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षरसहित सम्पन्न भएको छ। फोरममा भएका सम्झौताले नेपाल र बेलायतबीचको व्यापार, लगानी तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

फोरममा १५० भन्दा बढी नीति निर्माता, व्यवसायी, लगानीकर्ता तथा प्रविधि विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा व्यापार विस्तार, डिजिटल नवप्रवर्तन, आउटसोर्सिङ, लगानी आकर्षण तथा द्विपक्षीय आर्थिक सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न उच्च प्राथमिकता दिएको दोहोर्याए। उनले जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार, कृषि, उत्पादनमूलक उद्योग तथा डिजिटल सेवा क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गरे।

मन्त्री खनालले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले आवश्यक नीतिगत सुधारलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

फोरमका क्रममा सम्पन्न भएका नयाँ सम्झौताले नेपाल–बेलायत आर्थिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार विस्तार, प्रविधि हस्तान्तरण तथा दीर्घकालीन लगानी सहकार्यलाई नयाँ गति दिने विश्वास व्यक्त गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्