Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

थाइल्याण्डमा रहेका नेपालीसँग मन्त्री गीता चौधरीको छलफल, कृषि र वन क्षेत्रमा सहकार्य विस्तारमा जोड

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुभएको छ।

थाइल्याण्डस्थित नेपाली राजदूतावासमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री चौधरी र नेपाली समुदायबीच कृषि, वन तथा वातावरणीय क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विविध विषयमा विचार आदान–प्रदान भएको हो।

छलफलका क्रममा नेपालमा रहेका सम्भावना, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता विकास तथा सीप आदान–प्रदानका विषयमा विशेष जोड दिइएको थियो। सहभागीहरूले कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन सुधार, जलवायु परिवर्तनसँग अनुकूलन, आधुनिक कृषि प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

नेपाली समुदायका प्रतिनिधिहरूले कृषि तथा वन क्षेत्रमा लगानी आकर्षित गर्ने, नवीन प्रविधि भित्र्याउने र अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा लागू गर्ने विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

मन्त्री चौधरीले प्राप्त सुझावहरूलाई मन्त्रालयको नीति तथा कार्यक्रममार्फत समेट्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूको ज्ञान, अनुभव र सञ्जाल नेपालको विकासका लागि महत्वपूर्ण स्रोत भएको उल्लेख गर्नुभयो।

छलफलमा नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने, ज्ञान, प्रविधि र अनुभवको आदान–प्रदानलाई विस्तार गर्ने तथा नेपालको कृषि क्षेत्रलाई प्रतिस्पर्धी, आधुनिक र दिगो बनाउने विषयमा समेत जोड दिइएको थियो।

कार्यक्रममा थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्